RSS

कति छन् पुरुष यौनकर्मी

सन् २००१ मा ब्लु डाइमन्ड सोसाइटीका अध्यक्ष सुनिलबाबु पन्तले लन्डन स्कुल अफ हाइजिन ट्रोपिकल मेडिसिनका लागि नेपाली  समलिङ्गीहरूका बारेमा विशेष अध्ययन गरेका थिए। उक्त अध्ययनको उद्देश्य नेपालमा समलिङ्गीहरूको अवस्था एवं उनीहरूमार्फत एचआइर् भीको संक्रमण कस्तो छ भन्ने थियो। अध्ययनका क्रममा उनले प्रसस्त पुरुष यौनकर्मी फेला पारे। केही समलिङ्गी यौनकर्मीसँगै पुरुष यौनकमीर् को उठबस हुने र उनीहरूले गराउने असुरक्षित गुदा मैथुनले समलिङ्गी र पुरुष यौनकर्मीहरूमा एचआईभी सर्ने सम्भावना तीव्र रहेको उक्त  सर्वेक्षणको निष्कर्ष थियो। यद्यपि उक्त सर्वेक्षणले नेपालमा कति पुरुष यौनकर्मी छन् भन्ने तथ्याङ्क दिन सकेको थिएन। ‘अरू सहरको कुरा त  मलाई थाहा छैन, काठमाडौंमा प्रसस्तै पुरुष यौनकर्मी छन्।’ ब्लु डाइमन्ड सोसाइटीमा कर्यरत समलिङ्गी भूमिका श्रेष्ठ भन्छिन्, ‘उनीहरू  महिला वा समलिङ्गी यौनकर्मी जस्तो ठूलो समस्यामा पर्दैनन्, त्यसैले हाम्रो सम्पर्कमा आउन चाहदैनन्।’ भूमिकाका अनुसार यस्ता पुरुष यौ नकर्मीलाई सहरका धनाढ्य एवं पाका महिलाहरूले प्रयोग गर्दै आइरहेका छन्। श्रीमान्बाट असन्तुष्ट, श्रीमान् बिदेसिएका कारण एक्लिएका एवं  कामुक प्रकृतिका महिलाहरू नै उनीहरूका ग्राहक हुन्। त्यस्ता महिलाहरूले छानीछानी पुरुष लाने भएकाले भोटाहिटीदेखि रानीपोखरी क्षेत्रमा  साँझ दर्जनौं किशोर एवं युवा यौनकर्मी भेटिने गरेका हुन्।

 
Leave a comment

Posted by on 0404-0505-12UTCamFri, 04 May 2012 10:19:51 +0000 in Blogroll

 
 
Follow

Get every new post delivered to your Inbox.